भ्रमण वर्ष २०२० को प्रचार सामग्री सार्वजनिक

चितवन समाचार डटकम,
२८ कात्तिक । । भ्रमण वर्ष २०२० सफल बनाउनको लागि सार्वजनिक सवारी साधनमा टास्ने प्रचार सामग्रीको आज सार्वजनिक गरिएको छ ।
काठमाण्डौंमा आयोजित कार्यक्रममा पर्यटन तथा सस्कृति मन्त्री योगेश भट्टराइले सार्वजनिक गर्नु भएको हो । उहाका अनुसार
विहीबारबाट नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने छन् । स्टीकर र लोगे यातायात ब्यबसायीहरुलाई बितरण गरेर शुभारम्भ गरिएको छ ।
उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई भ्रमण वर्षका बारेमा तालिमको ब्यबस्था गरिने छ । त्यसैगरि सार्वजनिक यातायातका यात्रु तथा चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन १०० जना स्वयमसेवक परिचालन गरिने उहाले जानकारी दिनु भयो । मन्त्री भट्टराइले भन्नु भयो यी कामको समन्वय पर्यटन मन्त्रालयमा, भ्रमण बर्ष सचिबालय पर्यटन बोर्ड, स्थानीय तह, यातायात ब्यबसायी राष्ट्रिय महासंघ, ट्रेड युनीयन, ट्राफिक लगायतले गर्ने छन् ।
भ्रमण वर्ष सफल बनाउको लागि सबैको साथ र सहयोगको अवश्यकता रहेको उहाले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट