चितवन २८ कात्तिक । अबैध हतियारसहित चितवन प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।
मोटरसाइकलमा पेस्तोल लिएर हिडेको अवस्थामा पूर्वी चितवनको हर्दीबाट दुइजना युवकलाई विहीबार विहान पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दाङ तुलसीपुर उ.म.न.पा.वडा नं.१२ घर भएका ३७ वर्षीय मधुकर के.सी.र सल्यान कपुरकोट गाउँपालिका वडा नं.०५ घर भएका ३३ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो ।
उनीहरुको साथबाट मधुकर के.सी.को साथबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, म्याग्जिन १ थान र सोमा लाग्ने गोली ५ राउण्ड फेला परेको हो । फेला परेको उक्त हातहतियार, खरखजना र मोटर साईकल समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका निजहरु उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान तथा कारवाही गरिने छ । उक्त कसुरमा बरामद हातहतियार जफत गरी ५ वर्षसम्म कैद र ५० हजार रुपैयासम्म जरिवानाको सजाँय हुने कानूनी व्यवस्था छ ।


