चितवन समाचार डटकम , कार्तिक २८ ।
नारायणगढ मुग्लिन सडक खण्डको जलबिरेमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
नारायणगढबाट मुग्लिन तर्फ जादैँ गरेको बा १० च ४४१३ नम्वरको बोलेरो र नारायणगढ तर्फ आउदैँ गरेको बा ६६ प २९६५ नम्बरको मोटरसाईकल ठक्कर खादा एकजनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा मोटरसाईकलमा सवार भरतपुर महानगरपालिका वडा नम्वर ६ बस्ने वर्ष ३० का रोसन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ईच्छाकामना गाउँपालिका – ६ जलविरेमा बिहान २.३० बजे दुर्घटना भएको हो ।
सापकोटाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा बजे मृत्यु भएको हो ।
घटनापछि बोलेरो ईलाका प्रहरी कार्यलय मुग्लिनको नियन्त्रणमा रहेको छ ।


