चितवनमा उपनिर्वाचनको रौनक : तीनै वडाका लागि उमेदवार को मनोनयन दर्ता

चितवन, २७ कार्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज  चितवनमा उमेेेद्ववारको मनोनयनपत्र दर्ता भएको छ । भरतपुर वडा नं.१६, खैरहनी नगरपालिका वडा नं.४ र ५ मा हुने उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको हो ।

भरतपुर–१६ मा वडा अध्यक्षका लागि पाँच पार्टिका पाँच जनाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यहाँ नेकपाबाट भक्तराज हमालले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

यसैगरी  नेपाली काँग्रेसको तर्फबाट अमृतराज हमालले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।  समाजवादी पार्टीका तर्फबाट अम्मर बहादुर थापाले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का तर्फबाट विष्णुप्रसाद त्रिपाठीले उम्मेद्वारी दर्ता गराउनु भएको   छ ।

राष्ट्रिय नागरिक पार्टीका तर्फबाट धनप्रसाद घलेले उम्मेद्वारी दर्ता गराउनु भएको  छ। भरतपुर–१६ मा उम्मेद्वारी परेका सबै पुरुष मात्रै छन् । भरतपुर १६ का तत्कालिन अध्यक्ष चतुरबहादुर गुरुङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । मनोनयनपत्र दर्ताको कार्यक्रम विहान १० बजेदेखि दिउँसो १ बजेसम्म रहेको थियो ।

मनोनयन दर्ता गराउन आउदा राजनैतिक दलले बाजागाजा सहित कार्यालय पुगेका थिए । नेकपा र नेपाली काङ्ग्रेस विच प्रतिस्पर्धा हुने भन्दै मतदाताले बताएका थिए ।

दर्ता गर्न आउदा नेकपाका नेता कृष्ण भक्त पोखरेल सहित अन्य नेताहरु, काङ्ग्रेस का जिल्ला सभापति जीतनारायण श्रेष्ठ सहित अन्य नेताहरु, खैरहनी मा नेकपा नेता सुरेन्द्र पाण्डे सहभागी हुनु भएको थियो । अन्य पार्टिका नेताहरुले पनि तामझाम गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट