सीमा अतिक्रमणको विरोधमा नेविसंघको चितवनमा प्रदर्शन

चितवन, २६ कात्तिक । नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेपाल विद्यार्थी संघ चितवनले भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् ।
नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरालगायतका क्षेत्रलाई भारतले नक्सामा हालेर जारी गरेपछि नेविसंघ विरोधमा उत्रेको हो । राष्ट्रियताको पक्षमा नेविसंघले आन्दोलन गर्दै आएको छ । भरतपुरको सप्तगण्डकी र मैयादेवी कन्या कलेजबाट निस्किएको विरोध ¥याली चौबिसकोठी हुँदै पुलचोकमा पुगि कोणसभामा परिणत भएको थियो । नेपालको भूमि अतिक्रणको विरोधमा सहभागीहरुले चर्का नारा लगाएका थिए ।
भरतपुरको विभिन्न क्याम्पसबाट आएका विद्यार्थीले नेपालको भूमि कुनै पक्षबाट पनि अतिक्रमण गर्न नहुने व्यानर सहित प्रदर्शनमा उत्रेका थिए । प्रदर्शन कोणसभामा पुगी नेविसंघका नेता परमेश्वर खनालले भारतीय ज्याजती अन्त्य नभएर सडक संघर्ष गर्न तयार रहेको बताउनु भयो । भारतीय हस्तक्षेप बन्द गर, लिपुलेख हाम्रो हो, सीमा मिच्न पाइँदैन, गोव्याक इण्डिया, हाम्रो देश हाम्रो माटो प्राण भन्दा प्यारो छ जस्ता नारासहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारको मौनताका कारण अझै हेपिनु पर्ने बाध्यता हुन सक्ने बताउनु भएको थियो ।
सभालाई सम्वोधन गर्दै विद्यार्थी नेताहरुले सरकारले यस विषयमा तत्काल समाधानको बाटो खोज्नु आवश्यक रहेको बताएका थिए । कार्यक्रममा नेविसंघ नेतृ कल्पना पौडेल, विद्यार्थी नेताहरु कृष्ण बगाले, साजन गुरुङ, प्रनिशा गुरुङ्, पुस्कर अधिकारी, तिलक भुषाल लगायतले सम्बोधन गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट