चितवन २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक अवसर आएको बताउनु भएको छ ।
महानगर कमिटीको सपथ ग्रहण तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम भरतपुरमा बोल्दै उहाले नेपालको भूमि फिर्ता लिने यो अवसरलाई गुमाउन नहुने बताउनु भयो । उहाले भन्नु भयो ‘नेपालमा शक्तिशाली सरकार छ, सिंगो नेपाल एकजुट भएको यही समय हो । राष्ट्रको एकतालाई भौगोलिक अखण्डतालाई जोगाउने राम्रो अवसर पछि प्राप्त हुदैन, त्यसकारण एक ढिक्का भएर लाग्नु पर्दछ । ’
लिम्पियाधुरा महाकाली नदीको मुहान हो । महाकाली पूर्व नेपाल पश्चिम भारत हो । अरु कुरा मान्य छैन १८१६ को सुघौली सन्धी त्यसपछिका चिठ्ठीपत्र, १८२६ पछिका छापिएका औपचारिक र बैधानिक नक्सामा लिम्पियाधुरालाई नै कालीनदीको मुहान मानिएकाले कालीनदीनै सिमान नदी भनिएको छ ।

पुराना ऐतिहासिक दस्तावेजले पुष्टी गरेको छ हाम्रो जमिन भारतको नक्सामा पारिएको छ । यो विषयमा नेपालमा पहिलो पल्ट ऐतिहासिक सहमती र एकता भएकाले आफ्नो भूमि फिर्ता गरेर नयाँ इतिहास कोर्नु पर्ने बताउनु भयो ।
उहाले प्रशिक्षण कार्यक्रममा भन्नु भयो नेकपाको थर्मामिटर नाप्ने समय नै उपनिर्वाचन भएकाले यसलाई अवसर र चुनौतीको रुपमा लिनु पर्ने बताउनु भयो । देशभरी ५० वटा सिटमा हुन लागेको निर्वाचनमा सबैमा नेकपाले जित्ने लक्षण देखिएको भन्दै आफ्ना राम्रा विषय जनता माझ लैजान निर्देशन दिनु भयो । कार्यक्रममा नेकपाका नेताहरु, नारायण दाहाल, काशीनाथ अधिकारी, देवी ज्ञवाली, यमवहादुर परियार, कृष्णभक्त पोखरेल, देनु दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


