रौतहट २५ कार्तिक । ज्युदै मानिसलाई इटा भट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद मो अफ्ताव आलमको मुद्धामा सोमवार पनि थुनछेक बहस भएको छ । नेता आलम पक्षका चार जना कानुन व्यवसायीहरुले सादा तारेखमा रिहा गर्न जिकरीर गर्दै बहस गरेका छन ।
जिल्ला अदालत रौतहटका न्यायधिस दिपक ढकालको इजलासमा बरिष्ठ अधिवक्ता शेर वहादुर केसी , गोपाल कृष्ण घिमिरे यस्तै अधिवक्ताहरु शुनिल पोखरेल र योगेन्द्र बहादुर अधिकारीले प्रतिवादी आलमको पक्षमा बहस गरेका हुन ।
शुक्रवार बादीको तर्फ बाट कानुन व्यवसायी डा।युवराज सग्रौला, कुमार शर्मा आचार्य, गोबिन्द शर्मा, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठी, मनिष कुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गरेको थिए ।
२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोटहुँदा घाइते तथा मृत्यू भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए


