आफ्नो गाउ आफै चिनाउने भिडियो प्रतियोगिता

चितवन समाचार डटकम
चितवन २१ माघ ।

आफ्नो गाउको पर्यटकीय क्षेत्रलाई सार्वजनिक गर्ने उद्देश्यले छोटो भिडियो प्रतियोगिता आयेजना हुने भएको छ ।

मेरो गाउ मेरो ठाउ भिडियो प्रतियोगिता मार्फत आफ्नो क्षेत्रमा रहेको तर प्रचारमा नआएको विषय वस्तु समेटेर छोटो भिडियो प्रतियोगितामा समावेश गर्न सकिने आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

वी वील राइज फाउण्डेशनले पर्यटन वर्ष सन् २०२० को अवर पारेर यो आयोजना गरेको हो । आफ्नो क्षेत्रमा रहेका महत्वपूर्ण ठाउँ तर प्रचारमा नआएकोलाई धेरैमा ५ मिनेटको बृतचित्र (डकुकेन्ट्री) निर्माण गरेर प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था छ । आफ्नो गाउ आफै चिनाउने भन्दै छोटो भिडियो प्रतियोगिताको आयोजना गरेको हो ।
आफ्नो भाषामा यस्ता सामग्री फाउण्डेशनको वेवसाइड मार्फत पठाउने पाउने जनाएको छ ।

यसबाट छानिएका उत्कृष्ठ भिडियोलाई पुरस्कारको समेत व्यवस्था भएको फाउण्डेशनका अध्यक्ष निर्मल श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितमा प्रथम हुनेलाई एक लाख ५० हजार, दोस्रो हुनेलाई एक लाख र तेस्रो हुनेलाई ५० हजार नगद दिने व्यवस्था रहेको उहाले जानकारी दिनु भयो । कार्यक्रममा कलाकार निर्मल शर्माले यो अवसरलाई सवैले सदुपयोग गर्न अनुरोध गर्नु भयो ।

ताजा अपडेट