नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय स्तरको एकीकरण सम्पन्न

काठमाडौं , २५ कात्तिक :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय स्तरको एकीकरण सम्पन्न गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यसअघि बाँकी रहेका केही आयोगहरुको नेतृत्व चयन गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले अनुशासन आयोगका अध्यक्षमा अमृत बोहरा तथा सचिवमा अशोक रोकाय चयन भएका छन्।

यसैगरी निर्वाचन आयोगका अध्यक्षमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगका अध्यक्षमा पुष्प कँडेल, सचिवमा टेकनाथ आचार्य, सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल, सचिव नन्दकुमार थापालाई चयन गरेको छ।

ज्येष्ठ कम्युनिस्ट मञ्चमा नन्दकुमार प्रसाईं तथा सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन्।

प्रवास कमिटी भने नबनाउने प्रवक्ता श्रेष्ठले बताए।

शेयर गरौ

ताजा अपडेट