समाज परिर्वतनमा सामाजिक सस्थाको भूमिका महत्वपूर्ण : सभापति पोखरेल

चितवन २४ कात्तिक । कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले समाज परिर्वतनको लागि सामाजिक सस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
युथ क्लब नारायणगढको पदस्थापन कार्यक्रमलाई सम्वोधन गर्दै उहाले सरकार मात्रैले समाज परिवर्तन गर्न नसक्ने बताउनु भयो । राजनीतिक परिवर्तन भन्दा अगाडि गाउँगाउँमा सामाजिक सस्था पुगेर समाज परिर्वतन गर्नमा ठूलो भूमिका खेलेको बताउनु भयो । उहाले भन्नु भयो ‘गाउँमा खानेपानी लैजान, व्यवसायिक खेती गर्न, बालबालिकालाई पढाउन, महिलाको साक्षरता वृद्धि गर्न, राजनीतिक पविर्तनको लागि जागरुप बनाउन सामाजिक सस्था मार्फत नै काम भएको छ ।’
सामाजिक सस्थाको अहिलेपनि उतिकै आवश्यकता रहेको भन्दै चितवन निर्वाचन क्षेत्र नं. २ का सांसद समेत रहनु भएका पोखरेलले नयाँ संविधान अनुकुल धेरै कानुन निर्माण भएकाले जनताले राहतको महसुस गरेको बताउनु भयो । समाजलाई अझ सुशासन, व्यवस्थित र सक्षम बनाउको लागि आवश्यक कानुन निर्माण भएको बताउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नंं २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठले सरकार र सामाजिक अगुवाबाटनै समाज सेवा गर्नु पर्नेमा जोड दिनु भयो । सामाजिक सस्थाहरुले गरेका राम्रा कामलाई सरकारले सम्झनु पर्ने बताउनु भयो । कार्यक्रममा इटा उद्योग संघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटा, बचन तथा ऋण सहकारी संघ चितवनका अध्यक्ष हरिशचन्द्र सुवेदी, गैरसरकारी महासंघ चितवनका अध्यक्ष सुरेश अधिकारी, युथ क्लब नारायणगढका पूर्व अध्यक्ष केशवप्रसाद रेग्मी, आजिवन सदस्य इश्वर श्रेष्ठ, साधारण सदस्य विश्वनाथ ओझालगायतले मन्तव्य राख्नु भएको थियो ।
सपथ प्रहण पुरस्कार
युथ क्लब नारायणगढको ४७ औ साधारण सभा तथा २४ औ अधिवेशनबाट नयाँ चयन हुनु भएका नयाँ कार्यसमितिको शनिबार साँझ सपथ ग्रहण गरिएको छ । क्लबका निर्वाचन समितिका संयोजक विष्णुप्रसाद सापकोटाले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । कार्यक्रममा सस्थालाई विभिन्न माध्यमबाट सहयोग प्रदान गर्ने संघ सस्था तथा व्यक्तिहरुलाई सम्मान, मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम निर्वतमान अध्यक्ष भगवानकुमार जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । क्लबको नयाँ कार्यसमितिमा अध्यक्ष रामबाबु श्रेष्ठ, उपाध्यक्ष शालिग्राम नेपाल, महासचिव किशोरबाबु पुरी, कोषाध्यक्ष रोशन मास्के सहित नौ जना कार्यसमति चयन भएका छन् ।

शेयर गरौ

ताजा अपडेट