भारतसंगको सिमा बिबादबारे धारणा बनाउन सर्बपक्षिय बैठक

काठमाडाैं, २३ कार्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीमा विवादबारे सर्वपक्षीय छलफल सुरू भएको छ।

भारतले आफनो नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक समेटेपछिको परिस्थितिबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक बोलाएको हो ।

शनिबार अपरान्ह सुरू भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, सरकारका मन्त्रीहरू, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न दलका नेताहरू सहभागी छन्।

सबै पक्षसँग छलफल गरी सीमा विवाद अन्त्यका लागि भारतसँग छलफल गर्ने प्रधानमन्त्रीको योजना छ। देशभर २३ ठाउँमा सीमा विवाद छ।

शेयर गरौ

ताजा अपडेट