चितवन, २३ कात्तिक । पर्यटन वर्ष नजिकिदै गर्दा चितवनको नारायणी नदीमा मोटरबोटहरु थपिनेक्रम बढेको छ ।
आन्तरिक वाह््य पर्यटकलाई केन्द्रीत गरी नदीमा साना प्रकारका एक दर्जन मोटरबोटहरु सञ्चालनमा आएका हुन् । एक महिना अगाडि एउटा मात्र मोटरबोर्ट रहेको नदीमा अहिले एक दर्जन पुगेको हो । नारायणी नदीमा चल्ने मोटरबोटको सञ्चालनको लागि संयुक्त पाँच टोल विकास समिति नारायणगढले निगरानी राख्दै आएको छ ।
चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले भन्नु भयो ‘नेपालमा जल यात्राको सम्भावना राम्रो छ, त्यसको सुरुवात नारायणी नदीबाट भएको छ खुसी छौ ।’ ठुलो आकारको क्रुज जहाज निर्माणको अन्तिम तयारी भइरहदा साना मोटरवोर्डले प्रचारको काम गरेको उहाँको भनाइ छ ।
नारायणी नदी, देवघाट, चितवन राष्ट्रिय निकुञ्ज, शिवघाट, गोलाघाट यहाँका नदी तटिय पर्यटकीय क्षेत्र हुन् । मोटरबोटसञ्चालनले यहाँको आर्थिक गतिविधिमा टेवा पुग्छ उहाँले भन्नु भयो । एउटा मात्र सञ्चालनमा रहेको मोटरबोटमा पर्यटकको चाहना वृद्धि भएपछि अहिले एक दर्जन पुगेको जानकारी पाउदा खुसी लागेको छ सुवेदीले भन्नु भयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले भन्नु भयो ‘चितवनको पर्यटनका लागि नारायणी नदी एउटा सम्पत्ति हो । पछिल्लो समय यस नदीमा सञ्चालनमा आएको मोटरबोर्टले पर्यटन भित्राउन धेरै मद्दत गरेको छ ।’ यहाँ चल्ने मोटरबोटको विषयमा प्रचारप्रसार गर्न सके अझ धेरै पर्यटक आउने प्रधानले बताउनु भयो ।
रंगमहल रिभरल्याण्ड प्रालिका क्याप्टेन अर्जुनकुमार भट्टराइले भन्नु भयो ‘चितवन नेपालको बिच भाग भएकाले यहाँ मोटरवोर्ड चढ्न आउने धेरै हुने लागेर नै सञ्चालनमा ल्याएका छौ ।’ उहाले भन्नु भयो ‘यस अघि सप्तकोसी नदीमा यस्तै मोटरबोर्ट चलाएका थियौ अहिले नारायणी नदीमा चलाइराखेका छौ । हरेक दिन पर्यटकको चाप वढेको छ, यस्तै भइराखेमा व्यवसाय राम्रो हुन्छ । यहाँको लागि नयाँ प्रयोग हो । पानी जहाज चढेको अनुभूतिगर्न पाइने भएकाले परिवारसहित चढ्न आउने गरेको उहाले बताउनु भयो । रंगमहल रिभरल्याण्ड प्रालिले सप्तकोसीमा पनि यस्तै मोटरबोर्टहरु सञ्चालनमा ल्याएको छ । नारायणी नदीमा नयाँ वोट ल्याएको हो ।
लमजुङबाट आफन्तको घरमा आउनु भएका लक्ष्मी तामाङले भन्नु भयो ‘पानी जहाज चढेको अनुभव गर्न भनेर आएको, ज्यादै रमाइलो लाग्यो ।’ अर्को पटक चितवन आउदा परिवार सहित आउने छु । पहाडमा चढ्न पाइदैन चितवन आएको वेला चढौ भनेर साथी लिएर आए उहाले भन्नु भयो । भरतपुर महानगरपालिका वडा नं. ११ वसेनीका सिर्जना तिमल्सिनाले भन्नु भयो ‘आज साथीसंग आए शनिबार छोराछोरी लिएर आउनेछु । ’ घर नजिकै पानी जहाज जस्तो चढ्न पाउने भएपछि किन नचढ्ने उहाले भन्नु भयो ।
२० जना सिट क्षमता भएका, १० वटा सिट क्षमता भएका, एउटा सिट भएको, चारवटा सिट क्षमता भएका गरी एकदर्जन मोटरबोट सञ्चालनमा आएका छन् । वोर्ड सञ्चालनको लागि हेर्दै आएको संयुक्त पाँच टोल विकास समितिका अध्यक्ष दीपकशाही ठकुरीले भन्नु भयो ‘सुरुमा त्यती जानकारी नभएकाले चढ्न आउनेको सख्या कमी थियो अहिले सख्या वढेर गएको छ ।’ चितवनको सौराहा आएका पर्यटकहरुलाई नारायणी नदी किनारसम्म ल्याउन सके यहाँको पर्यटन विकासमा धेरै मद्दत पुग्ने उहाले बताउनु भयो । विदेशी पर्यटक थोरै सख्यामा मात्र आउने गरेका छन् । यहाँ अहिले आन्तरिक पर्यटकको मात्र भिड लागेको सञ्चालकले जानकारी दिएका छन् । नारायणी नदीमा मोटर वोर्डसंगै नजिकै आपटारीमा जिपलाइन सञ्चालनले पनि पर्यटक तान्ने काम गरेको छ ।
मोटरबोट चढ्ने यात्रु
https://m.facebook.com/story.php?story_fbid=717371252076308&id=2199873863403294
https://m.facebook.com/story.php?story_fbid=717371252076308&id=2199873863403294