रौतहट २० कार्तिक । बम बिस्फोटन, हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद मो.अफताव आलमले बुधवार कर्तव्य ज्यान मुद्धाको बयान दिएका छन ।
बिहान साढे १० वजे अदालतमा उपस्थित गराइएका आलम संग न्यायधिस दिपक ढकालले बयान लिएका हुन । अदालत बाट बयान दिएर निस्कदै गर्दा केही भन्नु छैन भन्दै राजनैतिक पुर्वाग्रह रहेको आलमले बताएका छन ।
कतव्र्य ज्यान मुद्धाको बयान सकिएको र अव दुइवटा मुद्धाको बयान पछि थुनछेक बहस शुरुहुने पिडित पक्षका कानुन व्यवसायी पुष्पराज पौडेलले जानकारी दिए । बुधवार बयानमा आलमलाई २३ वटा प्रश्न मात्रै सोध्न भ्याइएको थियो । मंगलवार आलम लाई ९ वटा प्रश्न सोधिएको थियो । मंगलवार र बुधवार गरी ३२ वटा प्रश्न आलम लाइ सोधिएको हो ।
न्यायाधिश दिपक ढकालको इजलाशमा आलमलाई मिशिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भएको सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।
न्यायधिशले आलमलाई घटना सम्बन्धी मिशिल, घटना भए नभएको, कसरी के भएको र आलम माथि लगाइएको अभियोगको बारेमा प्रश्न सोधेका थिए । आलमले अधिकांश प्रश्नको इन्कारी बयान दिएका थिए । उनले घटना नै नघटेको र आफूलाई झूठो आरोप लगाइएको जवाफ दिएका हुन ।
पीडित वादीको तर्फ बाट बहसका लागी पूर्व महान्यायधिवक्ता डा। युवराज संग्रौला सहित अधिवता पुष्पराज पौडेल, आशिक राम कार्की रौतहटमा छन भने अधिवक्ता गोविन्द शर्मा बन्दी र ओम प्रकाश अर्याल पनि आउदै गरेको अधिवक्ता कार्कीले जानकारी दिएका छन ।
२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोटहुँदा घाइते तथा मृत्यू भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाइ मुद्धाको अनुशन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका नेता आलम पक्राउ परेको हुन ।
रौतहटको यमुनामाइ गाउपालिका ४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कतव्र्यज्यान मुद्धामा किटानी जाहेरी दिएका थिए । सर्लाही स्थित गडैता २ का सफि अहमद र भारत सितामणी जिल्ला बैरगनिया २ का ४२ बर्षिय गौरीशंकर राम ले बम बिसफोटनमा घाइते भइ उपचार पछि ठिक भएको भन्दै उजुरी दिएका छन ।
आरोपीहरु मो। महताव आलम, शेख भदइ, मो मोविन आलम, शेख शेराज,बद्रि सहनी, शेख फजले हक, सगिर आलम, शेख जमुनइ, गौरी शंकर साह फरार रहेका छन । उनीहरुलाइ पक्राउ पुर्जी म्याद जारी गर्न समेत माग समेत गरीएको छ ।
अदालतमा दर्ता भएको मिसिलमा आलमले २०६४ चैत्र २७ गतेका दिन चुनावको आन्त्तरिक व्यवस्थापनमा रहेको घटना नघटेको हुँदा कसैले देख्ने, सो घटनाबाट घाईते हुने प्रश्न नै आउँदैन । रोक्साना खातुनलाई म चिन्दिन, सर्वोच्च अदालत तथा अन्य मानव अधिकार वादी संघ–संस्थाले के–कस्तो निर्णय प्रतिवदेन दिएका छन, मलाई झिकाई नबुझेको हुँदा थाहा नभएको बयान दिएका छन ।


