चितवन समाचारडटकम,२० माघ :
नेपाली कांग्रेस चितवनले नारायणगढकाे पुलचाेकमा सरकारकाे कार्यशैली प्रति विराेध जनाउदै अाम सभा गर्ने भएकाे छ ।
भाेली बिहान ११ बजे हुने अाम सभामा नेपाली कांग्रेस केन्द्रीय समितिका प्रवक्ता विश्व प्रकाश शर्माले सम्वाेधन गर्नुहुने काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जनकारि दिनुभयाे ।
सभा अघि भरतपुरकाे चाैविसकाेठिवाट र्यालिकाे अायाेजना गरिएको छ । र्यालि चाैविसकाेठि, विरेन्द्रक्याम्पस चाेक, लायन्स चाेक, शहिदचाेक हुदै पुलचाेक पुगेर सभामा परिणत हुनेछ ।
कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भएको सभापति श्रेष्ठले जानकारी दिनुभयाे । सभामा सहभागी हुन जिल्ला, क्षेत्र , नगर र गाउँ तहका सवै समितिलाई अाग्रह गरिएको काङ्ग्रेस चितवनले जनाएको छ ।
पुर्व निर्धारित कार्यक्रम अनुसार काङ्ग्रेस चितवनले यस अघि माडि, खैरहनि र राप्तीमा सभा गरिसकेकाे छ ।