राष्ट्रपति भण्डारी समक्ष सातै प्रदेश प्रमुखहरुले लिए सपथग्रहरण : काम गर्ने बाटो खुला

काठमाडौं १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराउनु भएको छ ।
नेकपाले हिजो रिक्त रहेको प्रदेश प्रमुखमा नियुक्तीको लागि पेस गरेपछि सरकारले नियुक्ती गरी सपथ गराइएको हो । सातवटै प्रदेशका नवनियुक्त प्रमुखले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित हुनु भएको थियो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । कांग्रेस सरकारका पालामा नियुक्त प्रदेश प्रमुख हटाएपछि सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त हुनु भएको छ ।
यसरी नियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्थाअनुसार आज शपथ गराइएको हो । शपथसँगै नवनियुक्त प्रदेश प्रमुखहरूलाई कार्यक्षेत्रमा गएर काम गर्न बाटो खुलेको छ ।

शेयर गरौ

ताजा अपडेट