काठमाडौं, १८ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले नयाँ प्रदेश प्रमुखहरू छानेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको नेकपाको सचिवालय बैठकले नयाा प्रदेश प्रमुख बनाउन सात जनाको नाम छानेको हो।
बैठकपछि बोल्दै नेकपा महासचिव बिष्णु पौडेलले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको जानकारी दिए।
कसलाई कुन प्रदेशमा खटाउने भन्ने कुरा मन्त्रिपरिषद् बैठकले टुंग्याउने महासचिव पौडेलले बताए।


