सातै प्रदेशका प्रदेश प्रमुखहरू पदमुक्त

काठमाडाैं, १८ कार्तिक ।  सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकाे छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् । ‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ ७ १७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

सातै प्रदेश प्रमुखलाई तत्कालीन शेरबहादुर देउवा सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो।

शेयर गरौ

ताजा अपडेट