मेडिकल काउन्सिलको अध्यक्ष डाक्टर कोइराला नियुक्त

काठमाडौं, १७ कार्तिक । मन्त्रिपरिषदको आजको वैठकले मुटुरोग विशेष डा. भगवान कोइरालालाई मेकिडल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिल अध्यक्ष बनाउने निर्णय गरेको हो । मुटुरोग विशेषज्ञ डा. कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो ।

आजको मन्त्रिपरिषद्ले गरेका थप निर्णयबारे जानकारी दिइएको छैन । सरकारले हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै आएको छ ।
‘प्रधानमन्त्री ज्यू पूरै समय बैठकमा बस्नु भयो,’ बैठकपछि एक मन्त्रीले सुनाए ।

गत बुधबार प्रधानमन्त्री ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी इन्टरनेसनल अस्पताल गएपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । यसअघि प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा गएर फोक्सोको एक्सरे गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट