मन्त्रिपरिषदको बैठक आज बस्दै : यस्तो छ एजेन्डा

काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा मन्त्रिपरिषदको बैठक डाकेका छन् ।

उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीले आज (आइतबार) ११ बजे आफ्नै निवासमा बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाए पनि अहिले नै छलफलका एजेण्डाहरु भने खुलाइएको छैन ।

तर, देशको समसामयिक विषयहरुमा छलफल हुने स्रोतले जानकारी दिएको छ । यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने भनिए पनि समय अझै तय भएको छैन ।

यसअघि हिजो नेकपा सचिवालय बैठक बसेको थियो । बैठकले उपनिर्वाचनका लागि आज बैठक बसेर उम्मेदवारको नामावली टुङ्गो लगाउने निर्णय गरेको थियो ।

कास्की–२ को प्रतिनिधिसभा उम्मेदवार विद्या भट्टराईलाई बनाउने सहमति भइसकेको बताइएको छ । तर अन्य जिल्लाका उम्मेद्वारहरुको विषयमा आज मात्र निर्णयमा पुग्ने बताइएको थियो ।

शेयर गरौ

ताजा अपडेट