प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौँ, १४ कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई बुधबार ग्राण्डी अस्पताल लगिएको थियो ।  प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको थियो ।

यसैबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा अध्यक्ष प्रचण्डसहित नेताहरु अस्पताल पुगेका थिए ।

शेयर गरौ

ताजा अपडेट