प्रदेश ३ सरकारकाे निर्णय, माघ २२ गते विदा

चितवन समाचार डटकम , २० माघ । प्रदेश नम्बर ३ काे सरकारले माघ २२ गते साेनाम ल्हाेछारकाे दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।
प्रदेश सरकार मन्त्रीपरिषदको मिति २०७५\१०\ ०९ को निर्णय अनुसार माघ २२ गते मंगलबार ३ नं प्रदेशमा तामाङ जातिको सोनाम ल्होछार पर्वको दिनमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरि सो दिन प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदाको निर्णय भएको जनाएको छ । ल्हाेछारकाे दिन सार्वजनिक विदा दिन तामाङ समुदायले माग गर्दै अायका थिय । साे दिन विदाकाे निर्णय गर्न कृषि भुमि व्ययस्था तथा सहकारि मन्त्री दावा लामाले पहलकदमि लिनुभयकाे थियाे ।

ताजा अपडेट