पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी ४६ जनाको मृत्यु : मृतकको सख्या अझ बढ्नसक्ने

काठमाण्डौं १४ कात्तिक । एक्कासी गुडिरहेको रेलमाआज पाकिस्तानमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

पाकिस्तानको राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा आज बिहान आगलागी भएको थियो ।

पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको हुन सक्ने जनाएका छन् । लियाकतपुरमा पुगेपछि आगलागी हुदा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने जल्न बटा जोगिएको छ ।

घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ । आगलानी भएको रेल हेर्नको लागि हजारौ स्थानीयबासीको भिड लागेको थियो । आगो नियन्त्रणका लागि बारुण यन्त्र प्रयोग गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट