निलम्बित सांसद आलमको थुनछेक बहस छठपछि

काठमाडौं,१३ कार्तिक । प्रतिनिधिसभाका निलम्बित सांसद अफताव आलमको थुनछेक बहस छठपछि मात्र सुरु हुने भएको छ । पहिलो संविधानसभाको निर्वाचनको समयमा बम बनाउदा विष्फोट भएर घाइते भएकालाई जिउँदै जलाएको आरोप आलम माथि लागेको छ ।

आलम १७ दिनदेखि जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा छन् । आलममाथि अनुशन्धान गर्नका लागि अदालतले तेस्रो पटक म्याद थप गरेको हो । अनुसन्धानको लागि तेस्रो पटक थपिएको म्याद शुक्रबार सकिँदैछ ।

त्यसपछि छठ पर्वको विदा रहेका कारणले आइतबारसम्म बिदा हुने भएको हुँदा शुक्रबारै एक पटक फेरी म्याद थपकै लागि उनलाई अदालत लग्ने तयारी प्रहरीले गरेको छ । प्रहरीले अहिले घटनामा आलमको संलग्नता पुष्टी गर्नका लागि थप प्रमाण जुटाइरहेको छ ।

पहिलो संविधानसभाको निर्वाचको चुनावको दिन विष्फोट गराएर बुथ कब्जा गर्ने आलमको योजना अनुसार वम बनाउदै गर्दा बम विष्फोट भएको थियो । घटनामा घाईते भएका सफी अहमद आलमले पनि आलम विरुद्व प्रहरीमा जाहेरी दिएका छन् ।

शेयर गरौ

ताजा अपडेट