तिहारमा परम्परागत रुपमा खैल्दै आएको देउसी भैलो लाई प्रोहोत्सान गर्न र तिहारको मौलिकतालाई जोगाइराख्न पनि नगरपालिकाले रेर्कडेट गीत बजाएर देउसी भैलो खेल्न रोक लगाएको हो ।
नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले चाडपर्वहरुको आध्यामिक,धार्मिक,वैज्ञानिक महत्व रहेको भन्दै चाडपर्वका नाउमा आउने बिकृतिलाई रोक्ने काम स्थानीय सरकारको दायित्व रहेको समेत जानकारी दिए । तिहारको आफ्नै मौलिकता र महत्व रहेको र परम्परतागत रुपमा खेलिने देउसी भैलो भट्याएर मात्र खेलिने भन्दै कला प्रर्दशन गर्ने थलो,नाचगाच रमाइलो गर्न अन्य धेरै कार्यक्रमहरु समेत रहेको औल्याउए।
मेयर खत्रीले यो निर्णय सबै सरोकारवाला बुद्धिजिवी,राजनितिक दल लगायत सबै समुदायसगँ छलफल गरेर मात्रै गरिएको भन्दै नगरपालिकाको यो निर्णयलाई वेवास्ता गर्ने,अपहेलना गर्ने ,यसको बिरुद्धमा लाग्ने जो कोहीलाई कारवाही गर्ने चेतावनी समेत दिए ।