काठमाडौ ८ कार्तिक । विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । डोल्पाबाट राप्रपाका ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका पूर्व सह–महामन्त्री, कर्णाली प्रदेश पूर्व प्रमुख एवं केन्द्रीय सदस्य कर्णबहादुर बुढासहित राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, डोल्पाका पदाधिकारी र सदस्यहरु आज कांग्रेसमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरुलाई पार्टी कार्यालय सानेपामा एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका थिए।
विना शर्त नेपाली कांग्रेसमा प्रवेश गरेका राप्रपाका उपाध्यक्ष श्यामबहादुर रोकाया, जिल्ला कार्यसमितिका सदस्यहरु नन्दबहादुर कार्की, शेरबहादुर कठायत, हिक्मत शाही, निमा छिरिङ बुढा, महेश बुढा, शिव झाँक्री, कमलबहादुर बुढा, तजन रोका, तेन्जिङ रोका, दावा छिरिङ भोटे, पेम्वा छिरिङ मगर, फेन्दे गुरुङ, तेन्जिन फूर्वा मगर, मइन बुढा, सरिता बुढा, तेन्जेन रोका, लाउची रोका, लामु झाक्री, राजु हिराचन झाक्री, अम्लेश बुढा, अमिर रोका, टोटाङ र।ोकाय, मानबहादुर बुढा, सोमराज मल्ल, रन्जना शाही, सन्दर झाक्री, गुरु छोयसाङ बुढा, कार्मा बुढा, वसु झाक्री, लक्ष्मी रोका, रत्न राना, धनिराम मल्ल, नन्दकुमारी मल्ल, रेशम मल्ल र विश्वनाथ राना मगर रहेका छन्।
यस्तै, प्रद्युम्न शाही, धृष्टधुम्न शाही, यशु शाही, विद्या शाही, सुनिता बोहरा, दिलचन्द्र शाही, आरधना शाही, हिक्मत कुमार बोहरा, अभिमन्यु बोहरा, रमेश शाही, जितेन्द्र शाही, इन्द्रबहादुर शाही, मलि बुढा, जुना बुढा, विवेक शाही, मिना रोकासहित जम्मा ४९ जना र पूर्व नेकपा (माओवादी) केन्द्रीय राष्ट्रिय महाधिवेशन आयोजन समितिका सदस्यहरु एवं हाल नेपाल कम्युनिष्ट पार्टीका कर्णबहादुर शाही र लोकबहादुर चलाउने पनि कांग्रेस प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रमामा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री कृष्ण सिटौलालगायतका नेताहरु थिए।
कांग्रेस उपसभापति निधिले राप्रपाका नेता कार्यकर्ताको कांग्रेस प्रवेशले सिंगो राप्रपा डोल्पा कांग्रेस प्रवेश सरह भएको बताए।पार्टी प्रवेशपछि बोल्दै नेता बुढाले डोल्पामा कांग्रेसलाई २०४८ अवस्थामा ल्याउने दाबी गरे। उनले कांग्रेसलाई पुरानै अवस्थामा ल्याउन नसके आगामी निर्वाचनपछि राजनीति त्याग्ने घोषणासमेत गरे।


