गायक दुर्गेशको दुर्गुण : तिहार पर्वलाइ भ्रमित पार्ने गीत हटाएपछी छुटे

काठमाडौं ५ कार्तिक  । तिहार पर्वलाइ भ्रमित  गरि रक्सिको प्रचार गरेका गायक दुर्गेश थापालाई प्रहरिले पक्राउ गरि छाडेको छ ।

कानून विपरीत रहेको विवादित गीत युट्युवबाट हटाएर सार्वजनिक माफी मागेपछि थापालाई छोडिएको अपराध महाशाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए ।

गायक थापाले तिहार लक्षित गरी ‘हृयाप्पी तिहार, चिसो वियर’ बोलको गीत युट्युवबाट सार्वजनिक गरेका थिए ।

गीतमा प्रयोग भएका शब्द कानून विपरीत र समाजमा असहिष्णुता फैलाउने खालका भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो ।

उजुरी परेपछि अपराध महाशाखाको टोलीले थापालाई नियन्त्रणमा लिएको थियो ।

शेयर गरौ

ताजा अपडेट