पुर्वेली समाज चितवनको नयाँ समिति गठन, अध्यक्षमा गुरुङ


माघ १९, चितवन ।

पुर्वेली समाज चितवनले सनिवार नयाँ कार्यसमति गठन गरेको छ । भरतपुर १ आँपटाडीमा बसेको समाजको भेलाले पुर्व सिडिओ डिक बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा तेज प्रसाद चुडाल, सचिवमा पदम अ¥याल, कोषाध्यक्षमा तारा काप्mले तथा सदस्यहरुमा तिला पालीखे, पुण्य घिमिरे, भविन्द्र कन्दङ्वा, रेणु कन्दङ्वा, जनक कट्टेल, सुशान्त खड्का, खड्क पौडेल रहेका छन । समाजका पुर्व अध्यक्ष डा तिलचन्द्र भट्टराई पदेन सदस्य र एक जना सदस्य पछि मनोनीत गरीने समाजका अध्यक्ष गुरुङले बताउनुभयो ।
२०६३ सालमा स्थापना भएको समाजमा पुर्वी नेपाल प्रदेश १ अन्तर्गतका विभिन्न जिल्लाबाट चितवन, नवलपुर लगायतका जिल्लामा बसोबास गर्ने ५ सय बढी व्यक्तिहरु सहभागी रहेको समाजले जनाएको छ । समाजले पुर्वका व्यक्तिहरुलाई एकतावद्ध गराएर अप्mठ््यारो परेकालाई सहयोग गर्ने तथा पुर्व र मध्य नेपालको संस्कृति आदान प्रदान गर्ने लगायतका समाजीक कार्यक्रम गर्दै आएको समाजका संस्थापक डा सारदा थपलियाले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट