सरोज सुमन
चितवन १९ माघ ।
साहित्यकार रामलाल जोशीको उपन्यास सखीमाथि आज अन्र्तक्रिया गरेको छ ।
चितवन साहित्य परिषद्को आयोजनामा मदन पुरस्कार विजेता, कथाकार एवम् लेखक जोशीको उपन्यास सखीका विषयमा शनिवार वृहत समिक्षा गरिएको हो । चितवन साहित्य परिषद्का अध्यक्ष एवम् कवि सुरेन्द्र पौडेल अस्तफलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपन्यासकार रामलाल जोशी थिए ।
चितवन र नवलपुरमा साहित्य क्षेत्रमा लागिरहेका साहित्यकार एवम् साहित्य प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा समालोचक एवम् लेखक रमेश प्रभात, उदय अधिकारी र लक्ष्मी बरालले पुस्तकमाथि आफ्नो धारणा राखेका थिए । नेपालको सुदुर पश्चिम जिल्लाहरूमा विद्धमान कमैया, कमलरी प्रथाको जरो उखेल्न महत्त्वपुर्ण भूमिका निर्वाह गर्ने पात्र किस्मती र मानवको मुख्य घटनाक्रमहरू समेटिएको छ । समिक्षा गर्दै उदय अधिकारीले उपन्यासको कथासार र पात्रहरूमाथि न्याय हुन नसकेको बताउनु भयो ।
समालोचक रमेश प्रभातले पहिलो पुस्तकमा जति लेख्छ लेखकले,दोस्रो कृतिमा त्यति नै लेख्न नसक्ने रहेछ भन्ने कुरा राख्नु भयो ।
धेरै विषयवस्तुलाई समेट्न सफल उक्त किताबले नेपालको विकटता र समस्यालाई ओगट्न सफल भएको धारणा वक्ताहरूले व्यक्त गरे । वक्ताहरूले उठाउनु भएका प्रश्न र विचारहरूमाथि लेखक जोशीले जवाफ दिनु भएको थियो ।