काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो ।
कार्यक्रममा चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुसी लागेको बताइन् । पर्यटनमन्त्री योगेश भट्टराईले नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै भने, ‘चिङ भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो । आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्नुहुनेछ ।’
‘लाइफ अन ब स्टि्रङ’मार्फत् चिनियाँ फिल्मबाट अभिनय थालेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।