स्वास्थ्य संवन्धि सचेतना कार्यक्रम

भरतपुर,१९ माघ :

नारायणि ई पब्लीक माध्यमिक विद्यालय भरतपुरकोे रजत महोत्सवको अवसरमा शनिबार महिला स्वास्थ्य सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । सफल सामाजिक उद्यम महिला सहकारी र नारायणि ई पब्लीक माध्यमिक विद्यालय भरतपुरको सहकार्यमा भएको उक्त कार्यक्रम भरतपुर २९ जुगेडिमा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी नारायणी सामुदायिक हस्पटल नर्सिङ कलेजकी सहप्राचार्य ऋतु घिमिरेले क्यान्सर संवन्धि जनचेतना तथा सरसफाईमा ध्यान दिनुपर्ने कुराहरुको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहकारीकी अध्यक्ष मधुमाया गुरुङ, वडा सदस्य भिमकुमारी थापा, विद्यालयका प्राचार्य वेदराज न्यौपाने, कार्यक्रम संयोजक नविन वगाले लगायतले वोल्नु भएको थियो । कार्यक्रममा करिव १५० जनाको सहभागिता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट