चितवन, १७ असोज । नारायणी नदी किनारमा आज मन्त्र व्याण्डले साँगितिक कार्यक्रम आयोजना गरेको छ ।
दार्जलिङको रक एण्ड रोल ब्यान्ड ‘मन्त्र’ले दसैंको अवसर पारेर वृहत कार्यक्रमको आयोजना गरेको हो । ५ हजार दर्शकको जमघट गराउने लक्ष्य लिएको व्याण्डको गितमा रम्नका लागि युवाहरुको उत्साह रहेको छ ।
कार्यक्रममा चितवनका स्थानीय ब्याण्ड ‘द क्लाउड्स’ले समेत सांगीतिक माहोल तताउनेछ । स्थापित ब्याण्डसँगै स्थानीय ब्याण्डलाई समेत परिचित गराउने उद्देश्यले स्थानीय ब्याण्डलाई पनि स्थान दिइएको याक इभेन्टस्का सदस्य सूचन राईले जानकारी दिनु भयो ।
दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म हुने कार्यक्रममा मन्त्र ब्याण्डले आफ्ना चर्चित गीतसंगीत मार्फत भरतपुर मनोरञ्जन दिलाउने आयोजकले जानकारी दिएको छ । मन्त्रले ‘वीर गोर्खाली’, ‘एकान्तमा’, ‘संस्कृति’, ‘सधैं सधैं’लगायतका सफल गीत दर्शक स्रोतामाझ पस्किसकेको छ । पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले दसैँको मौका पारेर २० वर्ष पुरानो ब्यान्डलाई चितवनमा मञ्च दिने प्रयास गरिएको हो ।


