माडी १९ माघ ।
प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले हात पारेको छ ।
आज सम्पन्न फाईनल प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लवलाई ३–१ को सेटमा पराजित गदै पुलिसले उपाधि रक्षा गरेको हो ।
आर्मीलाई २५–१८,१९–२५,२५–१९ र २५–१८ को सेटमा पराजित गदै पुलिसले प्रथम दिवाकर स्मृति भलिवलको उपाधि चुमेको हो । यस्तै आज सम्पन्न तेश्रो स्थानका लागि भएको खेलमा चुलो भलिवल क्लव नारायणगढलाई ३–० को सेटमा पराजित गदै सशस्त्र प्रहरी वल(एपीएफ)ले तेश्रो स्थान सुरक्षित गरेको हो ।
भलिवलमा प्रथम स्थान हासिल गरेको पुलिसले नगद दुई लाख दोश्रो स्थान हासिल गरेको आर्मीले एक लाख र तृतिय स्थान हासिल गरेको एपीएफले ५० हजार सहित आर्कषक ट्रफी प्राप्त गरेको आयोजक युवा खेलकुद तथा सांस्कृतिक समिति माडीका अध्यक्ष हरि भुसालले जानकारी दिनुभयो ।
यस्तै विभिन्न विधाका खेलाडीहरुलाई समेत सम्मान गरिएको छ । माघ १६ गतेदेखी सञ्चालन भएको भलिवल प्रतियोगितामा ८ राष्ट्टिय भलिवल टिमको सहभागिता रहेको थियो ।