अमेरिकामा बस्ने नेपाली बालिकाको भावुक गित सार्वजनिक

चितवन १५ असोज । अमेरिकामा बस्दै आएकी नौ वर्षिय बालिका लोकश्री आचार्यको स्वर रहेको ‘माया किन लाग्छ’ बोलको गीत सार्वजनीक भएको छ ।
उनले युटुब मार्फत  गीत सार्वजनिक गरेकी हुन् । विदामा नेपाल आउदा रेकर्ड गराएको गीत भर्खरै सार्वजनिक गरेकी  थिइन । गीतमा शब्द रचना र संगीत दिपक शर्माको रहेको छ । यस्तै नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । ए वान म्यूजिसियन स्टुडिओमा रेकर्ड गरिएको गीतले जीवन दर्शन छोएको छ । अमेरिकाको टेक्सास स्थित लवकको लेगेसी इलिमेन्टी स्कूलमा चार कक्षामा अध्ययनरत लोकश्रीले यस अघि नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा समेत स्टेजबाट गीत आउदै आएकी थिइन । उनी नृत्यमा पनि सक्रिय छिन् ।


गीतको शब्द पनि मन छुने रहेको । ‘माया किन लाग्छ बरै रहेक बस्तुको, दया किन लाग्छ बरै दिन दुखीको गीतले बालबालिकालाई समाज सेवामा लाग्न प्रेरित गर्दछ । स्वर, शब्द र संगीत उत्कृष्ट भए पनि भिडियो छायाँकन सामान्य रहेको छ ।
अर्को गित तयारीका साथ रेकर्ड सहित छायांकन गर्ने तयारी रहेको लोकश्रीकी आमा राधिका अधिकारीले जानकारी दिइन । घरमा सामान्य अभ्यास गरेर रेकड गराएकाले अव संगीत सम्वन्धी कक्षा लिने उनले बताइन ।

 

शेयर गरौ

ताजा अपडेट