३ नम्वर प्रदेशले ल्होसारमा माघ २२ गते विदा दिने

चितवन समाचारडटकम,
माघ १९ ।
प्रदेश नम्वर ३ को सरकारले माघ २२ पर्ने सोनाम ल्होसारमा सार्वजानिक विदा दिने भएको छ ।
प्रदेश सरकारले तामाङ समुदायको प्रमुख चाड भएकाले विदा दिन लागिएको कृषी भुमी ब्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिनुभयो ।
यस प्रदेशमा तामाङ समुदायको बसोवास धेरै छ , त्यसैले हामीले सोनम ल्होसारमा विदा दिन लागेका हौं, मन्त्री लामाले भन्नुभयो ।
चितवनको राप्तीमा आज आयोजीत शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै मन्त्री लामाले पूर्वमा किरात, गण्डकीमा तमुल्होसार लाई जस्तै ३ नम्वर प्रदेशमा तामाङ समुदायले मान्ने सोनम ल्होसारमा विदा दिईने उल्लेख गर्नुभयो ।
सबै जातजाती र धर्मसंस्कृतीको एकतावाट मात्रै समृद्धिको अभियानमा सफलता प्राप्त गर्न सकिने मन्त्री लामाले बताउनुभयो ।

ताजा अपडेट