पुजाको गफ कस्ले पत्याउँने

प्रेम गीतबाट रातारात चर्चामा आएकी नायिका हुन् पुजा शर्मा । त्यसअघि केही फिल्महरुमा काम गरेतापनि सफलता र चर्चा नकमाएकी पुजालाई प्रेम गीतले नेम र फेम दुबै दियो । त्यसपछि म यस्तो गीत गाउँछु र रामकहानीपछि उनी महंगी नायिकाहरुको लिस्टमा नै पर्छिन् । यतिबेला सम्हालिन्छ कहिले मनका लागि व्यस्त रहेकी पुजा बेला बेला उनले बोलेका कुरा , उनका प्रेम प्रसंग र को स्टारसंगको सम्बन्धको कारण निकै चर्चामा आउँने गर्छिन् । रोचक कुरा त के छ भने पुजा जो नायकसंग काम गर्छिन् तीसंग उनको नाम जोडिएकै हुन्छ जस्तो की पल शाह र आकास श्रेष्ठ ।

पछिल्लो समय रामकहानीपछि पुजा र आकासको मित्रता यति प्रगाढ भयो की उनको नयाँ फिल्ममा पनि आकासलाई नै लिईएको छ । फिल्ममा उनीहरुको जोडी दर्शकहरुले रुचाए पनि त्यसैले यो जोडी वास्तविकरुपमा नै जोडियोस भनेर चाहानेहरु धेरै छन् । तर बारम्बार आकाससंग आफनो नाम जोडिएपछि फेसबुकमा पुजा आक्रोसित बनेकीछिन् । फिल्ममा कलाकार लिने काम निर्देशकको भएको भन्दै कसंसंग पनि आफनो नाम नजोड्न अनुरोध गरेकीछिन् ।

आफु अहिले सिंगल रहेको दाबी गर्दे केही पैसाका लागि मिडियालाई पनि आकाससंग आफनो नाम जोडेर नबस्न भन्दै आक्रोस व्यक्त गरेकीछिन् । तर एउटा नबुझेको कुरा जब रामकहानीको प्रमोसन समय थियो त्यतीबेला उनलाई आकाससंग प्रेम सम्बन्धको चर्चाले उनको टाउको दुखेकै थिएन तर जब रिलिज सकिन्छ तब भने उनले यस्ता अभिव्यक्ति दिँदै आएकीछिन् ।

पुजाले लेखेको स्टाटसमा उनले आफुलाई सिंगल बताएकीछिन्। जबकी उनको र निर्देशक सुर्दशन थापाको नाम जोडिएको अहिलेबाट होईन । उनीहरु गहिरो प्रेम सम्बन्धमा रहेको बताईन्छ जुन कुरा पुजा र सुर्दशनले भने औपचारिकरुपमा स्वीकार गरेका छैनन् । तर पुजा र सुर्दशनको बारेमा थाहा नपाएका को नै होलान र ? यस्तोमा पुजा दाबी कसले पत्याउँने ?

शेयर गरौ

ताजा अपडेट