महानगर प्रमुख दाहालको अपमान हुने गरि भएको गतिबिधी प्रती नेकपा चितवनको आपत्ति

"सामाजिक सन्जालमा फोटो बिगार्ने अश्लील गाली गर्ने घटनाको घोर भत्सना "

 

चितवन १३ असोज । भरतपुर महानगरकी प्रमुख रेनु दाहालको अपमान हुने गरि सामाजिक सन्जालमा भएको घटना प्रती नेकपा चितवनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी  नेकपा चितवनले आज प्रेस बिज्ञप्ति प्रकाशित गरि दाहालको मान मर्दन हुने गरि भएको घटना, ज्यान मार्ने सम्मका अभिव्यक्ति प्रती ध्यानाकर्षण भएको जनाएको हो ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार‘ईन्द्रजित’ र सचिव कृष्णभक्त पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा दाहालको तस्बिर बिगारी प्रसारण गर्ने, अशिष्ट र अभद्र शब्दहरु राखी स्ट्याटसहरु लेख्ने, जीउज्यानको धम्की दिने जस्ता कार्य श्रृंखलाबद्धरुपमा भइरहेको भन्दै यसले पार्टीलाई गम्भीर बनाएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा यस्ता घृणित कार्यले हाम्रा नेता तथा कार्यकर्ताको मनोबल गिराएर जनताको बीचमा भ्रमको खेती गर्ने जस्ता काम कुनै संगठित समूह वा व्यक्तिले गरिरहेको आरोप लगाइएको छ । पार्टीलाई यस्ता क्रियाकलाप सैह्य नहुने भन्दै विज्ञप्तिमा जुनसुकै छद्मभेषी नाममा त्यस्ता सामग्रीहरु प्रसारण गरे पनि यथार्थ जनताको सामु उजागर नै हुने दाबी गरिएको छ । विज्ञप्तिमा पार्टीले यसप्रकारको अमानविय, अराजक, अपराधजन्य कार्यगर्ने अराजकहरुको खोजी गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग पनि गरेको छ ।

भरतपुरमा हुने विभिन्न घटना मा यस अघि पनि महानगर प्रमुख माथी अपमान हुने गरि सामाजिक सन्जालमा पोस्ट हुने गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट