चितवन ११ असोज । जंगली हात्तीको आक्रमणबाट आज राती १० बजे माडी नगरपालिका वडा नम्बर १, द्राैपतिनगरकि ६२ वर्षीय पञ्चमाया तामाङकाे ज्यान गएकाे छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट धान खान आएको हात्तीले आक्रमण गर्दा तामाङ को ज्यान गएको हो । हात्तीले आक्रमण गरेपछी स्थानीय त्रसित भएका छन । आक्रमण गर्ने हात्ती सोही स्थानमा बसेको स्थानीय कृष्ण चौधरीले जानकारी दिनु भयो । मृत्युु भएकी महिलाको शबलाई उठाउन प्रहरिलाइ जानकारी गराएको स्थानीयले जानकारी दिएका छन
माडी र निकुञ्ज आसपासमा जंगली जनावरको आक्रमणबाट ज्यान जाने मानिसको सङ्ख्या थपिदै गएको छ ।


