चितवन ११ असोज ।
आफुलाइ सामजिक अभियन्तता बताउने ज्ञानेन्द्र शाही चितवनमा कुटिएका छन ।
आज भरतपुरको चौबीस कोठिमा ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम मा सम्बोधन गर्न आउदा कुटिएका हुन । अभियानले चितवनको चौबिसकोठीमा नागरिक खबरदारी सभा राखेको थियो, जसमा अभिवक्ता सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगाएत सहभागी हुने कार्यक्रम थियो ।
कार्यक्रम बिथोल्ने क्रममा ज्ञानेन्द्र शाहीमाथि कुटपिट समेत भएको छ । शाहीमाथि आक्रमण हुन थालेपछि प्रहरीले उनलाई उद्धार गरेको थियो । उनी चढेको गाडी समेत तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो । आज हुने कार्यक्रमको एक हप्तादेखी व्यापक प्रचार गरिएको थियो । उनले सरकार र अहिलेको व्यबस्थाको बिरुध बोल्दै आएका थिए ।


