भरतपुर महानगर फलफुल तथा तरकारी बजारको स्थापना उदाहरणीय : कानुन सभापति पोखरेल

चितवन ।
प्रतिनिधी सभा सदस्य तथा कानुन, न्याय मानब अधिकार समितीका सभापति कृष्णभक्त पोखरेलले क्षेत्रपुरमा निजी क्षेत्रबाट सञ्चालित भरतपुर महानगर फलफुल तथा तरकारी बजार उदाहरणीय भएको बताउनुभएको छ ।
भरतपुर महानगर फलफुल तथा तरकारी बजारको प्रथम बार्षिक उत्सब समारोहमा बिहीवार प्रमुख अतिथिका रुपमा संबोधन गर्दै सभापति पोखरेलले यस बजारलाई थप ब्यवस्थित गर्न राज्यका निकायबाट आवश्यक सहयोग हुने स्पष्ट पार्नभयो । यसकालागि आफुले संबन्धित निकायमा आवश्यक पहलकदमी गर्न सदै तयार रहेको बताउनुभयो ।
प्रमुख अतिथि पोखरेलले कुनै निजी क्षेत्रले गर्ने काम गर्ने सन्दर्भमा नेपालमा विरलै पाइने, राज्यको भावनात्मक सहयोग मात्र भएको, तरकारी बजारका व्यवसायीले गर्नु भएको यो काम अति सराहनीय भएको बताउनुभयो ।
सडकबत्ती, पुङ्गी खोलाको पुल निर्माणलगायत अरु सबै खाले सहयोगको लागि सम्बन्धित ठाउँमा पहल गर्ने उहाँलृ प्रतिबद्धता जनाउनुभयो
कार्यक्रमका विशिष्ट अतिथिहरु उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रमुख जिल्ला कृषि ज्ञान केन्द्रका राजन ढकाल, जलदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशवबहादुर थापा, उ।वा।संघ चितवनका निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, चितवनका केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यस्तैगरी जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघका अध्यक्ष हरिबहादुर थापा, समाजसेवी प्रशान्त पिया, चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष यज्ञप्रसाद सुवेदी, फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मदनप्रसाद सापकोटा, सिद्धि विनायक साकोसका अध्यक्ष पुरुषोत्तम गौतम, तरकारी तथा फलफूल ढुवानी मजदुर युनियनका अध्यक्ष ओमलाल थिङलगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा तरकारी तथा फलफुल बजारका महिला ब्याबसायीहरु तथा तरकारी र केरातर्फका किसानहरुलाई सम्मान र तरकारि बजारका मजदुरहरुलाई पोसाक तथा परिचय पत्र समेत बितरण गरिएको थियो ।
भरतपुर महानगर फलफुल तथा तरकारी बजारका अध्यक्ष शालिकराम घिमिरेको अध्यक्षता सम्पन्न कार्यक्रमलाई ब्यबस्थापक थिरप्रसाद धितालले सञ्चालन गर्नुभएकोे थियो ।

शेयर गरौ

ताजा अपडेट