व्यवस्था लोकतान्त्रिक शासन कम्युनिष्ट : सचेतक खाँड

चितवन समाचार डटकम,
८ असोज । नेपाली काँग्रेसका नेता तथा प्रमुख सचेतक बालकृष्ण खाँडले जनताले व्यवस्था लोकतान्त्रिक ल्याएपनि सरकारले कम्युनिष्ट शासन गरेको भन्दै आपत्ती जनाउनु भएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाले संविधान विपरित सरकारले कम्युनिष्ट शासन गर्न थालेको बताउनु भयो । उहाले भन्नु भयो ‘हामी सरकार लोकतान्त्रिक होस भन्ने चाहन्छौ तर शासन कम्युनिष्ट होइन ।’ उहाले चीनको मोडलको राज्य व्यवस्था नेपालमा स्वीकार्य नहुने बताउनु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको मोडल ल्याउन लागे जस्तो गरी सरकार अगाडि वढ्न लागेको भन्दै आपत्ती जनाउनु भयो । उहाले भन्नु भयो ‘दुइ देशका कम्युनिष्ट पार्टी बिच सम्वन्ध सुमधुर हुनु राम्रो हो तर संविधान विपिरित सरकारले त्यहाँको व्यवस्था यहाँ लागु गर्ने गरी व्यवहार देखाउनु ठिक होइन ।’
व्यवस्था लोकतान्त्रिक तर सरकार कम्युनिष्ट भयो यसले संविधानको खिल्ली उडाएको छ खाडले भन्नु भयो । संविधानले दिएको व्यवस्था अनुसार सरकार चल्नु पर्दछ खाडले भन्नु भयो ‘तर ओली नेतृत्वको सरकार कम्यनिष्ट राज्य व्यवस्था भए जस्तो गरी हिडेको छ ।’ प्रधानमन्त्रीको मातहातमा सबै अधिकार ल्याउने गरी विद्ययकहरु आएको भन्दै त्यसको कडा रुपमा प्रतिवाद गर्नु भयो । हामी सरकार लोकतान्त्रिक रुपमा हिडेको हेर्न चाहन्छौ चिनको जस्तो अलोकतान्त्रिक होइन उहाले भन्नु भयो ।
चीनमा प्रेस स्वतन्त्रता छैन, सरकारको विरुद्धमा बोल्न पाइदैन, जनताले सरकार निर्माण गर्न सक्दैन दासको रुपमा त्यहाँका जनता छन् त्यही व्यवस्था यहाँ कुनैपनि हालतमा लागु हुन सक्दैन उहाले भन्नु भयो ।
पूर्व रक्षा मन्त्री समेत रहनु भएका खाडले मानवअधिकार आयोगलाई सरकारको निर्देशक पालना गर्ने गरी विद्ययक आएको भन्दै आपत्ती जनाउनु भयो । मिडिया काउन्सिल विद्ययक कुनैपनि हालतमा पास गर्न नदिने बताउनु भयो ।
कालीगण्डकी ड्राइभरसनले यहाँको धार्मिक, वातावरणीय असर नपर्ने गरी पानी तिनाउ नदीमा लैजाने बताउनु भयो । संसारका धेरै मुलुकहरुले यस्तो विधि अपनाएकाले यहाँको मौलिकता नहराउने गरी पानी रुपन्देहीमा लैजाने गरी योजना आएको भन्दै स्वागत गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, सचिव उत्तम जोशी, प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, पाटीका नेता रामहरि खतिवडालगायतका नेताहरु सहभागी हुनु भएको थियो । कार्यक्रम युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट