राष्ट्रकविको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

"राष्ट्रकवि माधवप्रसाद घिमिरेको उमेर एक सय एक वर्ष"

काठमाडौं, ७ असोज : 

राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्ष लाग्नुभएको छ ।

घिमिरे विसं १९७६ असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध लगायतका क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।

तिमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काब्य सबैभन्दा चर्चित छ । उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दता-वादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

यसैविच

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाइ ज्ञापन गर्नुभएको हो ।

‘नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्’, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ ।

शेयर गरौ

ताजा अपडेट