नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी बीच आज समझदारी पत्रमा हस्ताक्षर हुँदै

काठमाडौं, ७ असोज :

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)बीच औपचारिक सम्बन्ध स्थापनाका लागि आज (मंगलबार) समझदारी पत्रमा हस्ताक्षर हुँदै छ ।

दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापनाका लागि समझदारी गर्न लागिएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ‘आपसमा विचार, भ्रमण, अध्ययन आदानप्रदानका लागि नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहमती पत्रमा हस्ताक्षर गर्न लागिएको हो,’ रिजालले भने ।

हस्ताक्षर कार्यक्रम अहिले साढे ११ बजे नक्सालको मेरियट होटलमा हुने उनले जानकारी दिए ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधव नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

यससँगै नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा सोमबारदेखि सञ्चालित ‘विचारधारात्मक छलफल’ कार्यक्रम समापन हुने नेकपाले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट