भरतपुरको कार्टुन उद्योगमा आगो लाग्यो : करोडौको क्षती

 

चितवन, ७ असोज । चितवनको भरतपुर महानगरपालिका वडा नंं ४, दुर्गाचोकमा रहेको युनाईटेड प्याकेजिङ प्रालि कार्टुन उद्योगमा आज आगो लाग्दा करोडौको क्षती भएको छ ।
विहान ३ बजे विजुली सट भएर आगो लाग्दा क्षती भएको चितवन प्रहरीले जानकारी दिएको छ । विहान परेको चट्याङको कारण आगो लागेको स्थानीयले जानकारी दिएका छन् । विहान लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । ठुलो आगो नियन्त्रणमा आइसकेको छ भने कागजको रोलमा लागेको आगोलाई निभाउने काम भइराखेको चितवन प्रहरीले जानकारी दिएको छ ।

आगो लागेर भएको क्षतीको बारेमा विस्तृत विवरण लिने क्रम जारी भएको भएपनि करोड भन्दा माथि क्षती भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट