नवलपरासीमा तीन वटा सवारी दुर्घटना ६ जनाको मृत्यु

नवलपरासी ७ असोज । पूर्बी नवलपरासीमा गएराती र आज बिहानै भएका तीन वटा छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने २० बढि घाईते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको नवलपुरमा भएका दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगको हो भने २० जनाभन्दा बढी घाईते भएको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीले जनाएको छ ।
गएराती करीव १० वजे समयमा कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिदा कारमा सवार पाचै जनाको ज्यान गएको छ ।
ज्यान गुमाउने देबचुली नगरपालिकाका डिलबहादुर ढेंगा,तेजु मगर र पुर्णबहादुर बिकको सनाखत भएको छ भने बाँकी तीन जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्वरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्वरको कार कावासोती ८ स्थित खरकट्टा जंगल क्षेत्रमा एक आपसमा ठोक्किदा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।
त्यस्तै गए राति नै दाङबाट काडमाण्डौ जाँदै गरेको ना ७ ख ८६४२ बस अरूणखोलामा दुर्घटना हुदा मकवानपुर हेटौडा घर भएका वस चालक ३५ बर्षका लक्ष्मण तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको छ । घाईते १५ जना यात्रुको बिभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । वस आफै अनियत्रित भई दुर्घटना भएको थियो ।
यसैगरी आज बिहानै चोरमारामा ना ४ ख ९५१० नम्वरको सुर्खेतवाट बिरगंजका लागी गुडेको वस अनियन्त्रित भई पल्टदा बसमा सवार ५ जना घाईते भएका छन् । घाईतेको अस्पतालमा उपचार भइराखेको छ ।

शेयर गरौ

ताजा अपडेट