चितवन ६ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा भरतपुर महानगर कमिटीको भरतपुरमा कार्यालय स्थापना गरिएको छ ।
कृष्णपुरको वैदिकनगरमा रहेको साविकको माओवादी पार्टी कार्यालयमा महानगर कमिटीको कार्यालय स्थापन गरिएको हो । कार्यलयको महानगरकी प्रमुख तथा महानगर इन्चार्ज रेनु दाहालले उद्घाटन गर्नु भयो । कार्यक्रममा सम्वोधन गर्दै दाहालले पार्टीको नीतिगत व्यवस्था अनुसार पार्टीको जिल्ला कार्यालय एयरपोटै नजिकैको साविक एमालेको कार्यालयमा र पार्टीको जनवर्गीय संगठन तथा महानगर कमिटी कृष्णपुरमा राख्ने सहमती भएको जानकारी दिनु भयो ।
महानगर कमिटीको सपथग्रहण अगाडि कार्यालय स्थापन गरेर काम गर्नको लागि सहज हुनु भएकाले स्थापना गरिएको उहाले बताउनु भयो । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष यमवहादुर परियारले पार्टीको एकता प्रकृया अब टुंगोमा पुग्न लागेको भन्दै कार्यकर्तामा उर्जा थपिएको बताउनु भयो ।
कार्यक्रम महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले सञ्चालन गर्नु भएको थियो । नेकपाको सचिवालय वैठकले न्यौपानेलाई अध्यक्ष र इश्वर सापकोटा सुमनलाई सचिवमा नियुक्त गरेको छ । कार्यालय स्थापना पछि पार्टीको काम तिब्र रुपमा अगाडि वढ्ने न्यौपानले बताउनु भयो । कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, कृष्ण भुर्तेल, पार्टीको प्रदेश सदस्य वद्री तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।


