काठमाडौं, २ असोज :
सत्तारुढ दल नेकपाको अहिले बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी ओलीको कार्यब्यस्तता र अन्य नेताहरुको पनि ब्यस्ततालाई कारण देखाउँदै नेकपाले सचिवालय बैठक स्थगित गरेको हो । नेकपाले अहिले बिहान ९ वजे सचिवालय बैठक बोलाएको थियो । २५ भदौंमा नेकपाको पछिल्लो सचिवालय बैठक बसेको थियो । त्यसपछि सचिवालय वैठक बस्न सकेको थिएन ।
प्रधानमन्त्री केपी ओलीको १५ दिने सिंगापुर उपचार भ्रमणका क्रममा एकपटक अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी बैठक बसेको थियो । नेकपाले पार्टी एकतापछिको संगठनात्मक एकताको काम अझै केही टुंगो लगाउनै वाकी छ । केन्द्रीय आयोगहरुको गठनमा नेकपा अझै अल्झिरहेको छ ।
पोलिटब्यूरो गठन हुन सकेको छैन ।


