विरोधका नाममा अराजकता स्वीकारिदैन : नेता श्रेष्ठ

चितवन १ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको विरोधका नाममा अराजकता स्वीकार्न नसकिने बताउनु भएको छ ।
भरतपुर विमान स्थलमा आज विहान पत्रकारसंग कुराकानी गर्दै नेता श्रेष्ठले सरकारका विरोध गर्न पाइन्छ तर सभ्य ढङगबाट अराजकता प्रस्तुत गर्न पाइदैन । उहाले भन्नु भयो सरकारको कार्यशैली र पार्टीको विरोधलाई सहजरुपमा लिएका छौ । लोकतन्त्रमा यस्ता विषयहरु पचाउनु पर्दछ उहाले भन्नु भयो जनताले समर्थन र विरोध गर्दछन त्यो हाम्रालागि उर्जा हो ।
सरकारको कामको विषयमा गरेको विरोधलाई सहज रुपमा लिएर कमी कमजोरी सुधार गर्दै लैजाने र राम्राकामलाई निरन्तरता दिने गर्नु पर्दछ ।
नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिनुभयो । एकताले पूर्णता पाएको भन्दै उहाँले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गर्नुभयो ।

शेयर गरौ

ताजा अपडेट