चितवन समाचार डटकम
३१ भदौ । चितवनको जलदेवी सामुदायिक वनमा भोलिदेखि सहसिक खेल जीपलाइन सञ्चालनमा आउने भएको छ ।
एकवर्षदेखि निर्माण कार्य सुरु गरेको खेल भोली असोज १ गतेदेखि सर्वसाधारणको लागि शुरु गर्न लागेको सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । खेलको भोली प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपालले एक कार्यक्रमका बीच उद्घाटन गर्दै हुनुहुन्छ ।
साहसिक खेलका रुपमा परिचित चितवनको लागि नयाँ हो । जलदेबि सामुदायिक अध्यक्ष केशब बहादुर थापाले भन्नु भयो ‘वाईल्ड वनडरस प्रालिसँगको सहकार्यमा ‘जीपलाइन’ को काम गरि रहेका छौ, यही असोज १ गतेबाट सञ्चालमना आउनेछ ।’
पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै सामुदायिक वनले २० लाख पर्यटन भित्राउन सहयोग पुग्ने उद्येश्यले ‘जिपलाइन’ निर्माण गरेको अध्यक्ष थापाले जानकारी दिनु भयो । पर्यापर्यटनमा काम गर्दै आएको सामुदायिक वनले ‘जिप लाइन’ सञ्चालन गरेपछि चितवन आउने पर्यटनहरुको बसाई लम्बिने समेत पर्यटन ब्यबसायिको भनाई छ ।
युवाहरुलाई स्वरोजगार बनाउदै पर्यटन वर्ष २०२० लाई सफल बनाउनको लागि सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानीमा ‘जिप लाइन’ निर्माणको काम भएको हो । सामुदायिक वन र वाईल्ड वन्डरस नेपालको संयुक्त लगानीमा निर्माण भईरहेको ‘जिप लाइन’बाट आउने कुल नाफा बापतको १० प्रतिशत रकम वनलेनै प्रयोग गर्ने अध्यक्ष थापाको भनाई छ । थापाका अनुसार निम्न बर्गका ब्यक्तिहरुले पनि सर्बसुलब र सहज रुपमा चड्न सक्ने छन् ।
नेपाल आउने पर्यटकले औधी रुचाउने ‘जिप लाइन’ भने नेपालका सामुदायिक वन भित्र पहिलो भएको सञ्चालक राजकुमार श्रेष्ठले बताउनु भयो । वनभित्र एक रुखबाट अर्को रुखसम्म ७ वटा ‘जिप लाइन’ निर्माण भईरहेको छ । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्छन् । यसरी खेल्दा करीब एक मिनेट हावामा उडेको महसुस हुन्छ ।
नेपालमा काभ्रे र पोखरामा भएपनि सामुदायिक वन भित्र भने नेपालमा नै पहिलो भएको श्रेष्ठले बताउनु भयो । उहाले भन्नु भयो ‘फ्रान्स, अष्ट्रेलिया, थाइल्याण्ड, मेलेसियालगायतको देशमा पुगेर अध्ययन गरेपछि मात्र यहाँ सुरुवात गरेको हो ।’
यो खेलमा फलामको लठ्ठा (डोरी) मा घिर्नी जोडेको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनका लागि यो खेल अति महत्वको छ । जलदेवि जीपलाइन परियोजनाअन्तर्गत यहाँ रु ७५ लाख लगानी भइसकेको र अझै निर्माणका क्रममा रहेकाले करीब रु एक करोड लाग्ने अनुमान गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो । उक्त परियोजनाको निर्माण कार्य गत साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जीपलाइन निर्माण गरिएको छ ।
यहाँबाट दैनिक तीन सय भन्दा बढीले सेवा लिनसक्ने सञ्चालक श्रेष्ठले बताउनुभयो । सामान्य ब्यत्तिले पनि सजिलैसँग ‘जीपलाइन’को मजा लिन सकुन भन्दै हाललाई टिकट मुल्य ५०० तोकिएको छ । बालबालिकाको लागि रु १०० तोकिएको छ । त्यही टिकटमा ७ लाख रुपियाँको विमा समेत गरेको श्रेष्ठले जानकारी दिनु भयो ।
यहाँ निर्माण गरेको कम्पनीले उपत्यकाको भक्तपुर ठिमी नगरपालिकाको वनमा पनि यस्तै प्रकारको जीप लाइन निर्माण गर्ने तयारी रहेको जानकारी दिएको छ । सञ्चालक श्रेष्ठले २०५५ सालमा नारायणी नदीमा पहिलो पटक मोटर वोर्ड सञ्चालनमा ल्याउनु भएको थियो । तइही वगर रेष्टुरेन्टपनि सञ्चालनमा ल्याएउनु भएको थियो । त्यस बेला ती परियोजना सफल नभएपछि पर्यटकीय क्षेत्रमा लगानी गर्ने क्षेत्र अध्ययन गर्दै जीप लाइन ल्याएको बताउनु भयो ।
जीपलाइनको सफल परीक्षण समेत भइसकेको छ । नेपालमा प्याराग्लाइडिङ, बञ्जी जस्ता साहसिक खेल पर्यटकले मनपराइसकेका छन् । सामुदायिक वनमा इको पर्यटकीय क्षेत्रको विकास गर्नु पर्नेमा उहाले जोड दिनु भयो ।


