चितवन समाचारडटकम, ३१ भदौ ।
एम्पायर ईन्टरनेश्नल एजुकेशन एण्ड भिजा सर्भिसेसले नारायणगढमा सेवा आरम्भ गरेको छ ।
अष्ट्रेलिया अध्ययन गर्न जाने बिद्यार्थीलाई शैक्षिक परामर्श एवम् भिजा प्रक्रियामा सहजिकरण गर्न गर्ने उदेश्यले सेवा आरम्भ गरिएको सञ्चालक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
बिद्यार्थी र अभिभावकलाई सन्तुष्ट गराउने गरी एम्पायरबाट सेवा र उपलब्ध गराईने अधिकारीले बताउनुभयो ।
स्थापनाको लामो समय र यसले यसअवधिमा प्राप्त गरेको बिश्वसनियताले चितवन र यस आसपासका बिद्यार्थी र अभिभावकको मन जित्नेमा आफु ढुक्क रहेको उहाँको भनाई छ ।
सन् २००७ मा स्थापना भएको यस संस्थाका अष्ट्रेलियाको ब्रिसवर्न, सिड्नी, नेपालको काठमाण्डौ पोखरा, भुटान र फिलिपीन्सबाट सेवा सञ्चालन हुदै आएको कम्पनिकी प्रवन्ध निर्देशक प्रिया थापाले बताउनुभयो ।
अष्ट्रेलियामा लामो समय बसोबास गरेका अनुभवीहरुबाटनै यो संस्था चलाइएकोले बिद्यार्थी र अभिभावकलाई प्रभावकारी ढंगले सेवा प्रदान गर्न सकिएको थापाले दावी गर्नुभयो ।
नारायणगढको पुलचोक नजिक खुलेको यस कन्सल्टेन्सीका सञ्चालक अधिकारी समेत लामोसमय अष्ट्रेलिया बसोबास गरी फर्किएका हुन् ।


