सुनचाँदी निर्देशिका जारी नभए आन्दोलन गर्ने ब्यवसायीको चेतावनी

"ब्यवसायीक सुरक्षाको माग "

अमिर रामदाम,  चितवन, ३१ भदौं ।

सरकारले सुनचाँदी व्यवसायीको निर्देशिका जारी नगरी आलटाल गर्छ भने अब महासंघले आन्दोलनको बाटो अंगाल्न बाध्य हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको सोमबार सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुनारले सो कुरा बताएका हुन् ।

उनले महासंघको बृहत हित उन्नति र प्रगतिको लागि हामी सबै एक ठाँउमा बसेर कुनै वर्ग, जाति, भेग र कुनै समुदाय नभनि यो महासंघ हाम्रो हो भन्ने अनुभूतिका साथ तमाम व्यवसायीहरुको समस्याहरू समाधान गर्नको लागि हामी सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताए ।

अध्यक्ष सुनारले कार्य विधि वा निर्देशिका भित्र बसेर सुनचाँदी व्यवसाय सञ्चालन गर्न सक्यौ भने आपूर्ति, आयात निर्यात, शान्ति सुरक्षा, ज्याला जर्ती, ओसार पसारका कुरा सबै चिज कार्य विधिमा रहन्छ त्यसैले जब सम्म व्यवसायिक शान्ति सुरक्षाको ग्यारेन्टी सरकारले लिदैन तबसम्म त्यो कार्यविधि हाम्रो लागि मान्य नहुने बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघमा आबद्ध जिल्ला संघ तथा नगर संघहरू मध्ये चितवन जिल्ला संघ अग्रणी स्थानमा रहेको र व्यवसायिक हितका लागी सदैव तत्पर रहने भएको कारण महासंघका अध्यक्ष मोहन सुनारले जिल्ला संघ चितवनको खुलेर प्रशंसा गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायी भित्र रहेको भन्ने गरिएको गुट उपगुटको अन्त्य भएको जिकिर गर्दै अब सबैलाई व्यवसायीहरूको हितको लागि कामहरू गर्न अनुरोध गरेका छन् । अहिले स्थीतिमा तपाई हामी भनेको एउटै गुट हो त्यो भनेको सुनचाँदी व्यवसाय, तपाई हाम्रो एउटै जात हो सुनचाँदी व्यवसाय त्यसैले हामी एक हुन जरूरी रहेको वरिष्ठ उपाध्यक्ष शाक्यले बताए ।

 

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्षहरू अर्जुन रसाईली, दीयेशरत्न शाक्य, विपिन रामुदामु, रामजी शाह, केन्द्रीय सदस्यहरू चित्रबहादुर विश्वकर्मा, बाबुराम विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै सोमबार नै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको संस्थापक अध्यक्ष स्व. खड्कलाल विश्वकर्मा (रामदाम) को स्मृतिमा निर्मित सभाहलको समेत समुद्घाटन भएको थियो । कार्यक्रममा विगत एक दशक देखि प्रकाशित नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको मुखपत्रको रूपमा रहेको स्वर्णिम सन्देश स्मारिकाको छैठौं संस्करणको बिमोचन समेत भएको थियो ।

सहमति, सहकार्यको भावनालाई आत्मसाथ गर्दै आगामी कार्यकालको लागी नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको अध्यक्षमा टेकबहादुर विश्वकर्मा, वरिष्ठ उपाध्यक्षमा यमबहादुर विश्वकर्मा, प्रथम उपाध्यक्षमा हेमबहादुर विश्वकर्मा, द्वितीय उपाध्यक्षमा चेतबहादुर विश्वकर्मा (राजु बराली), तृतीय उपाध्यक्षमा त्रिलोक भिके रामदाम, अन्य उपाध्यक्षहरूमा दानबहादुर विश्वकर्मा, मोहन पन्थी, ऋतु विश्वकर्मा, नरेन्द्र बराली, रूविन रामुदामु, क्षेत्रगत उपाध्यक्षहरूमा प्रेम खाती, यमबहादुर ल्वागुन, हरि बराली, महासचिवमा रविन्द्र पन्थी, प्रवक्तामा विकास बर्मा, सचिवमा रमेश सदाशंकार, कोषाध्यक्षमा निलेनमान शाक्य, सहकोषाध्यक्षमा उत्सव खाती, सदस्यहरूमा तारा विश्वकर्मा, विनोद विश्वकर्मा, रवि बराली, लक्ष्मण गजमेर, लक्ष्य गोतामे, विवेक बराली, जितु विश्वकर्मा, महिला पदेन सदस्यहरुमा रूपा बराली, कमला घताने, मनोनित सदस्यहरूमा अमृत सदाशंकार, प्रेम विश्वकर्मा र टिकाराम सुनार, लेखा समिति संयोजकमा रामबहादुर पोखरेल र अनुगमन समिति संयोजकमा भोजराज सेन्चुरी रहेका छन् । त्यस्तै सहमतिबाट चयन भएका सम्पुर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरूले सोमबार नै पदहस्तान्तरण कार्यक्रममा पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाईलीले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको थियो भने महासंघ अध्यक्ष मोहन सुनारले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट